बेरोजगारलाई कृषि विकास बैंकमा अवसर

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी आवश्यकताको बिज्ञापन प्रकाशन गरेको छ ।  बैंकले सूचना जारी गरी २ सय ६० जना कर्मचारी माग गरेको हो ।

 

 

 विभिन्न तहमा गरि देशभरका शाखाहरुमा आवश्यक जनशक्ति  माग भएको  छ । बैंकले लेखा अधिकृत सिए सातौ तह , व्यवसाय अधिकृत सातौ तह त्यस्तैगरी  व्यवसाय सहायक स्तर पाँचौ तह, लेखापाल सहायकस्तर  चौथो तह लगाायतमा आवेदन मागेको हो ।

 

 

प्रथम पटक प्रकाशित भएको २१ दिन भित्र आवेदन दिइसक्नु पर्ने बैंकले सूचना मार्फत जानकारी गराएको  छ । बिस्तृत बिबरणका लागि कृषि विकास बैंकमा संपर्क गर्नुहोला ।

Loading...