थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण

रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । 

राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण गरिएको उनका अाफन्तले जनाएका छन् । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताएका छन् ।

वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयोजित थवाङमा गाउँसभाको उद्घाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रम तय भएकाे छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । थवाङ लामाे समयदेखि राजनीतिकाे एउटा केन्द्रका रुपमा चिनिदै अाएकाे छ । १० वर्षे जनयुद्धकाे प्रमुख अाधारइलाकाका रुपमा रहेकाे थवाङ संविधान सभाकाे निर्वाचन पूरै बहिस्कार गरेर चर्चामा अाएकाे थियाे । २०३६ सालमा पञ्चायतविरुद्ध विद्राेहमा उत्रिएका कारण थुप्रै थवाङीहरु राज्यबाट सताइएका थिए । त्यसयता निरन्तर थवाङले विद्राेह गर्दै अाएकाे छ । 

Loading...