एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने

काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ ।

अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आभार फउन्डेसनका महासचिव सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तीय संस्थामार्फत आभार फाउन्डेसनका कार्य क्षेत्रमा पर्ने जिल्लाहरुमा ऋण लगानी गर्ने बताइएकाे छ । याे याेजना ताप्लेजुङ, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा लागु हुने बताइएकाे छ । उक्त जिल्लाका कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उद्योगमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

याे याेजना अन्तर्गत बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता पाउने बताइएकाे छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बिपन्न वर्गको वित्तीय आवश्यकता सम्वोधन हुने बताएका छन् ।

Loading...