अाेप्पाेकाे ए-७१ नेपाली बजारमा बिक्री सुरु

काठमाडौं । अाक्रामक प्रचार शैलीका साथ बजारमा अाएकाे छाेटाेसमयमै स्थापित भएकाे अाेप्पाे माेवाइलले नेपाली बजारमा अर्काे नयाँ सिरिजकाे सेट सार्वजनिक गरेकाे छ । नेपाली उपभाेक्ताकाे चाहनालार्इ दृष्टिगत गर्दै अाेप्पाे ए-७१ काे नेपाली बजारमा बिक्री सुरु गर्न लागेकाे हाे ।

क्यामेरा फाेनकाे रुपमा चिनिएकाे अाेप्पाेकाे ए-७१माेवाइलमा ओक्टा–कोर सीपीयू + ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्री रहेकाे जानकारी दिइएकाे छ । नेपाली वितरक कम्पनीले यसकाे फ्रण्ट क्यामेरामा ओप्पोको विशेष ब्यूटिफाई ४.० फोटोग्राफी प्रविधि उपलब्ध हुने जानकारी दिएकाे छ । जसले प्रयोगकर्तालाई सहज फोन परिचालनको अनुभुति प्रदान गर्ने दावी गरिएकाे छ ।

त्यसका साथै यसकाे रियर क्यामेरा पनि उतिकै शक्तिशाली हुने बताइएकाे छ । अाेप्पाेले सबैभन्दा बढी क्यामेराकाे विशेषतालार्इ बढी ध्यान दिएकाे छ । कम्पनीका अनुसार ए७१मा स्लिम मेटालिक यूनी बडी डिजाइनको प्रयोग गरिएको छ । जसले गर्दा याे फोन पृथक र आकर्षक देखिने छ ।

अागामी साताबाट अाेप्पाेले नेपाली बजारमा ए-७१ सेटकाे बिक्री शुरु गर्ने जनाएकाे छ । अाेप्पाेका लागि नेपालमा काम गर्दै अाएका प्रमुख कार्यकारी अधिकृत जाेनी जीले नेपाली उपभोक्ताका लागि अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको यो मोबाइल सेप्टेम्बर १८ बाट बिक्री सुरु गर्ने जानकारी दिएका छन् । यसमा मोबाइलमा तस्विर खिच्न, भिडियो हेर्न तथा गेम्स खेल्ने लगायत कार्य झञ्झट रहित बनाउन सहयोग पुग्ने उनले जानकारी दिएका छन् ।

Loading...