वन कार्यालयमा आगजनी । कर्मचारी बाँधेर लडाइए

सर्लाही, २७ भदाै । सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ ।

हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी गरिएकाे हाे । आगजनी गर्नु अघि कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएकाे बताइएकाे छ । सोमबार साँझ ८ : ३० बजे उक्त घटना भएकाे हाे । अागजनी गर्ने समूहले कार्यालयका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट बनाएकाे बताइएकाे छ ।

सागरनाथ वनपरियोजनाको सहायक कार्यालयले गतवर्ष टाँगिया वस्तीका सुकुम्बासीमाथि प्रशासन लगाएर ठूलाे दमन गरेको थियो । सुकुम्वासीले लगाएकाे धान र मकै बाली पूरै मासेर सुरक्षाकर्मीले गतवर्ष दमन गरेका थिए । त्यसैकाे बदला स्वरुप सुकुम्बासीहरुले आगजनी गरेको हुनसक्ने आशंका गरिएकाे छ । तर घटनाको अहिलेसम्म जिम्मेवारी कसैले जिम्मेवारी लिएको छैन ।

Loading...