सेप्टम्वर ११ को स्मरण गरिँदै । वल्र्ड ट्रेड टावरमा हजारौँको सहभागिता हुने अपेक्षा

न्यूयोर्क, २६ भदौ । अमेरिकाले विनासकारी आँधीको सामना गरिरहेकै वेला १६ वर्ष पहिले अमेरिकी भूमिमा भएको त्रासदीपूर्ण आक्रमणको स्मरण गरेको छ ।

आतंककारी हमलाको दुःखद घटनालाई अमेरिकीहरूले इतिहासमै भएको त्रासदीपूर्ण आक्रमणका रूपमा स्मरण गर्दै आएका छन् । अमेरिकाको पेन्टागन तथा सानक्सभिल पेनसिल्विनियामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको उक्त आक्रमणमा आतंककारी समूहले विमान अपहरण गरी विशाल टावरहरूमा ठोक्काउँदा झण्डै तीन हजार नागरिकले ज्यान गुमाएका थिए ।

उक्त दुःखद दिनको स्मृतिमा घटनामा परी दिवंगत भएका अमेरिकी तथा विदेशी नागरिकले अमेरिकाको प्रसिद्ध वल्र्ड ट्रेड सेन्टरमा हजारौँको संख्यामा जम्मा भई मृतकप्रति श्रद्धासुमन अर्पण गर्ने तयारी भएको छ ।

उक्त स्थानमा भेला भई मृतकलाई सम्झिने र उनीहरूको आत्माको चीर शान्तिका लागि कामना गर्ने परम्परा नै बनिसकेको छ । स्मृतिसभामा जम्मा हुने जनमानसले मृतकको नाममा प्रार्थना गर्दै एक मिनेटसम्म मन्द घण्टीका साथमा मौनधारण गर्ने परम्परा बनिसकेको छ । सेप्टेम्बर ११ भएका दुई विशाल आक्रमणको स्मरणस्वरूप रातभर दुई चम्किला बत्ती बालिने गर्छ ।

ट्रम्प तथा मेलानिया पनि सहभागी

न्युयोर्कका स्थानीय तथा वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा वाशिङ्टनमा पहिलोपटक स्मृतिसभामा सहभागी हुनुहुने कार्यक्रम छ ।

राष्ट्रपति ट्रम्पले पहिलो विमान गगनचुम्बी भवनमा ठोक्काइएको समयमै हुने मौनसभामा सहभागी हुने कार्यक्रम छ ।

उहाँसहित उपस्थित हजारौँ अमेरिकीलाई राष्ट्रपति पत्नी मेलानिया ट्रम्प पनि स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।

सानक्सविलमा पनि कार्यक्रम

रक्षा मन्त्री जिम म्याटिस तथा अमेरिकी सेनाका अध्यक्ष जोसेफ डनफोर्डले सानक्सविलमा छुट्टै कार्यक्रमको आयोजना गरी घटनामा शाहदत प्राप्त गरेका पीडितका आफन्तजनलाई स्थानीय समयअनुसार बिहान ९ बजे देखि ११ बजेसम्म स्मरणसभामा सहभागी गराउने कार्यक्रम छ ।

अमेरिकी उप राष्ट्रपति माइक पेन्स तथा अमेरिकी आन्तरिक मामिला मन्त्री रायन जिन्कले मृतकको सम्झनामा मन्तव्यसमेत दिने कार्यक्रम छ ।

Loading...