” पेज थ्री अवार्ड ” काठमाडौँ मा हुने

                      काठमाडौँ ,२५ भाद्र /           नेपाल भाष सांगीतिक क्षेत्रमा विभिन्न विधाका कलाकारलाई सममान् तथा हौसला प्रदान गर्ने उदेस्यले ” पेज थ्री ” अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल भाषा कलाकार र कलाक्षेत्रको उत्थानको उदेश्य सहितको पत्रिका ” पेज थ्री ” तेह्र बर्ष देखि निरन्तर प्रकाशित पत्रिका हो । प्रतेक तीन ,तीन बर्षमा आयोजना गर्दै आएको ” पेज थ्री अवार्ड ” गएको बैशाख १२ को माहा भुकम्पको कारण निरन्तरता रोकिएकोमा आश्विन ८ गते काठमाडौँको नाचघर ,जमलमा हुने भएको छ ।

नेपालभाषामा निर्माण गरिएको चलचित्र ,म्युजिक भिडियो ,गीति एेल्बम तथा कलाकार छनौट गरिने भएको छ । बाल कलाकार तर्फ नस्वा: जोशी , म्युजिक तर्फ सुरेन्द्र तुलाधर ,तथा पवन जोशीलाई मुख्य कार्येक्रममा सम्मान गरिने आयोजकले जनाएको छ । अवादका लागि अहिलेसम्म ७३ गीत,१५ गीति एेल्बम ,६३ म्युजिक भिडियो र ८ वटा चलचित्र दर्ता भैसकेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

Loading...