‘हीरामणि–झुमा दाहालको परिकल्पना’ सार्वजनिक

काठमाडौँ, २४ भदौ । हीरामणि दाहाल र झुमा दाहालद्वारा लिखित ‘हीरामणि–झुमा दाहालको परिकल्पना’नामक कृति सार्वजनिक गरिएको छ ।

कृतिको रुपाखेती दाहाल कूल कल्याण प्रतिष्ठानले यहाँ आयोजित कार्यक्रममा साहित्यकार श्रीहरि रुपाखेतीले गरेका हुन् । कृति सार्वजनिक गर्दै साहित्यकार रुपाखेतीले बुढेसकालमा दाहाल दम्पतीले कृतिमार्फत समाजका समसामयिक यथार्यतामा पस्केको बताए ।

उनले आफूजस्तै कम पढेका व्यक्तिले गर्ने सामाजिक गतिविधिलाई लेखकद्वयले सरल भाषामा प्रस्तुत गरेको बताए ।

जो मान्छेको भित्रैदेखिको कुरा निस्केर प्रस्फुटन हुन्छ त्यो नै साहित्यिक व्यक्ति हुने गरेको चर्चा गर्दै कृतिमा लेखकद्वयले आफ्नो मनभित्रका कुरा प्रष्टरुपमा उल्लेख गरेका छन् ।

कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक पुरुषोत्तम दाहालले लेखकद्वयले देशका लागि समाज र मान्छेको कस्तो भूमिका हुनुपर्दछ भन्ने कुरा उल्लेख गरे । उनले सनातन धर्म र परम्परा गुम्ने हो कि भन्ने डर कृतिमा लेखकद्वयले उल्लेख गरेर नयाँ पुस्तालाई संरक्षण गर्न जोड दिए ।

कार्यक्रममा लेखक हीरामणि दाहालले धर्म संस्कृति र समाजको यर्थातबारे जानकारी दिनका लागि कृति लेखेको बताए । उनले हिन्दू धर्मलाई अन्य धर्मले आक्रमण गरिरहेको उल्लेख गर्दै हाम्रो परम्परागत धर्म जोगाउन आग्रह गरे ।

हीरामणिले जीवनयात्राका आरोहअवरोहमा प्राप्त गरेका अनुभवसमेत समेटिएको कृतिमा देवस्तुति, पद्यखण्ड, गद्यखण्ड र झुमा दाहालका रचना गरी चार खण्डमा लेखिएको छ ।

Loading...