इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै । तटीय क्षेत्र खाली गरिँदै

एजेन्सी । हजारौँ एसियाली मुलका अमेरिकी नागरिकसहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले आग्रह गरेका छन् ।

फ्रान्सलगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनाश गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउनसक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान आग्रह गरेका हुन् ।

अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई सचेत गर्दै भनेका छन्, आँधीले प्रभावित गर्नुभन्दा पहिल्यै जसले सम्भावित खतारा क्षेत्रबाट आफ्ना घर छोड्दैन उसले उद्धार सेवा पाउन नसक्ने जनाएका छन् ।

फ्लोरिडामा प्रभाव पर्छ वा पर्दैन भन्ने प्रश्न होइन कि फ्लोरिडामा कति नराम्रो असर पर्दैछ भन्ने विषय सोचनीय रहेको, संघीय विपद् व्यवस्थापन निकायका प्रमुख ब्रक लोङले बताउनुभयो ।

इर्माले फ्लोरिडा होस् वा अन्य दक्षिणपूर्वी अमेरिकी राज्यहरू जहाँ पनि भवितव्य सिर्जना गर्न सक्छ । यो विषयमा पूर्वानुमान गर्न कठीन हुन्छ । अलावामादेखि उत्तर क्यारोलिनावासी सबै जनाले आँधीको सम्भावित असरबाट जोगिन सावधानी अपनाइरहेको, लोङले बताउनुभयो ।

अमेरिकीले यसलाई विनाश गर्ने रासंयुक्तराज्य अमेरिकालाई खतरा सिर्जना गरिरहेको छ ।
फ्लोरिडामा एसियाली मुलबाट अमेरिका आई बसोबास गर्ने हजारौँ व्यक्ति रहेको स्थान हो ।

फ्लोरिडामा हजारौँ संघीय सुरक्षा अधिकारी तथा कैयौँ हजारको सङ्ख्यामा सैनिकलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

विभागले सावधानीका लागि सुरक्षा अधिकारीको सल्लाह तथा सुझाव सुन्न सबै जनतालाई आग्रह गर्दछौँ ।

लोङले भन्नुभयो, “सम्भावित क्षति हुने तटीय क्षेत्रका नागरिकलाई तत्कालका लागि एक लाखको सङ्ख्यामा बाँडेर सङ्कटकालीन सेवा दिने योजना बनाएका छौँ । यसका लागि बृहत् सहयोगको आवश्यकता हुनेछ ।”

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इर्माको सम्भावित प्रभावका विषयमा जानकारी गराइएको छ ।

शनिबार नै राष्ट्रपति ट्रम्पले विपद् व्यवस्थापन तथा राहतका लागि १५ अर्ब २५ करोड अमेरिकी डलरको थप बजेटको व्यवस्था गर्नेगरी तयार भएको कानूनमा हस्ताक्षर गर्नुभएको थियो ।

Loading...