रजत वर्षमा अष्ट्रेलियामा श्रृङ्खलाबद्ध प्रस्तुति दिँदै नेपथ्य

काठमाडाैं । नेपालकाे चर्चित रक ब्याण्ड नेपथ्यकाे साङ्गितिक यात्रा अष्ट्रेलियामा पुगेकाे छ । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीहरुले धेरै राेजाइमा परेपछि नेपथ्य समूह यस वर्ष पनि श्रृङ्खलाबद्ध साङ्गीतीक यात्रामा अष्ट्रेलिया पुगेकाे हाे ।

१८अाैं शताब्दीमा मात्र पत्ता लागेको अष्ट्रेलिया प्रशान्त महासागरस्थित एउटा विशाल टापु हो । त्यही टापु नै आज समृद्ध अष्ट्रेलिया बनेको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुकाे अध्ययनकाे मुख्य गन्तव्य बन्दै अाएकाे छ । त्यसैगरी अस्ट्रेलियामै बसाेवास गर्ने नेपालीहरुकाे संख्या पनि बढ्दै गएकाे छ । नेपालबाट जाने अधिकांश विद्यार्थीहरुकाे माझमा नेपथ्य पहिलाे प्राथमिकतामा रहेकाे छ ।

यसपटक नेपथ्यले अाफ्नाे पहिलाे कन्सर्ट मेलबोर्न सहरमा अायाेजना गरेकाे छ । मेलबाेर्न सहरमा जुलाइ ८ तारिखमा नेपथ्यले अाेपिनिङ प्रस्तुति दिनेछ । मेलबाेेर्नकाे प्लानेट सेकर्सको हलमा कन्सर्ट तय गरिएको छ । त्यसपछि नेपथ्यले एडिलेड सहरमा अर्काे प्रस्तुति दिनेछ । जुलाइ १५ तारिखमा एडिलेट सहरको नरउड कन्सर्ट हलमा नेपथ्यकाे कार्यक्रम हुनेछ ।

नेपथ्यकाे अर्काे कार्यक्रम सिड्नीमा छ । राजधानी सिड्नीमा जुलाइ २२ तारिखका दिन अायाेजना गरिएकाे नेपथ्यको कन्सर्ट ‘म्याग्दी ओभरसिज’ले आयोजना गरेकाे छ । सिड्नीकाे प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा नेपथ्यले यसअघि पनि प्रस्तुति दिइसकेकाे थियाे ।

नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष मनाउँदैछ । यस पटक नेपथ्यका अगुवा गायक अमृत गुरुङसँगै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीसहित ४ जना व्यवस्थापक र प्राबिधिक टोली गरी जम्मा १० जनाको टाेली यसमा रहनेछ ।

Loading...