नवनिर्वाचित नगर प्रमुखहरुका लागि कोरिया अवसर

पोखरा, २३ भदौ । हालै सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगरप्रमुखहरुलाई दक्षिण कोरिया जाने अवसर जुरेको छ । यस अवसरलाई सदुपयोग गर्दै पाँच जना नगरप्रमुखहरु दक्षिण कोरिया जाने भएका छन् ।

दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जानु हुने भएको हुन ।

जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एकापसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उनीहरू भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Loading...