मेयरदेखि वडा अध्यक्षसम्म पत्रकारहरुकाे धमाधम उम्मेदवारी

महाेत्तरी, २३ भदाै । असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।
नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसक्नुभएका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहेका उनले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहेका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उनले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

त्यसैगरी नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका हुन्। पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उनले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

Loading...