पाेखरामा दुर्इ दिने अन्तर्राष्ट्रिय काव्य संगम

पाेखरा । पोखरामा अन्तर्राष्ट्रिय काव्य संगम हुने भएको छ। देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान नेपालको आयोजना र गण्डकी साहित्य संगम पोखराको सहआयोजनामा काव्य संगम (२०७४) हुन लागेको हो। कार्यक्रम यही भदौ २३ र २४ गते दुई दिनसम्म चल्ने छ।

कार्यक्रममा नेपाल, भारत, भुटान र श्रीलंकाका साहित्यकारहरुले सहभागिता जनाउने देवकोटा–लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले बताए। उनका अनुसार दुईदिने कार्यक्रममा पहिलो दिन भदौ २३ गते शुक्रबार पर्यटकीय गाउँ धम्पुसबाट अन्नपूर्णा हिमशृड्खला अवलोकन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन भदौ २४ गते पोखराको पार्दीस्थित पर्यटन बोर्डको हलमा कवि गोष्ठी तथा विचार आदानप्रदान कार्यक्रम हुनेछ।

अध्यक्ष चापागाईंले वैचारिक छलफलका साथमा विभिन्न देशहरुको संस्कृतिको आदानप्रदान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए।

Loading...