रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ ।  शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो ।

 

पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी एकेडेमीका प्रिन्सिपल बिक्रम राईले पुनरावेदन अदालत पाटनमा रिट हालेका छन् जस्को सुनुबाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरि पुरस्कारको निर्णय यथास्थितिमा राख्न आदेशसमेत दिएको छ ।

अदालतले भदौ २७ गते छलफलका लागि दुवै पक्ष (प्रसादी र मन्त्रालय) लाई बोलाएको छ जसकारण  शिक्षा दिबसमा यस पटक उत्कृष्ट बिद्यालयले पाउने पुरस्कार रोकिएको छ ।

 

मन्त्रालयले उत्कृष्ट शैक्षिक संस्थालाई  शिल्ड, ध्वजा, पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गर्दै आएको छ । मन्त्रालयले कक्षा एघार र बाह्रको पढाइ सञ्चालन गरिएको केएमसी स्कुल बागबजारलाई माध्यमिक शिक्षा पुरस्कार (एघार र बाह्र) प्रदान गर्ने निर्णय गरेपछि असन्तुष्ट प्रसादी एकेडेमीका प्रिन्सिपल बिक्रम राई पुनराबेदन अदालत पाटन पुगेका हुन् ।

 

यसैबीच,अब शिक्षा पुरस्कार स्थानीय तहबाटै दिइने मन्त्रालयले जलाएको छ । मन्त्रालयले जिल्लाबाट प्राप्त सिफारिसका आधारमा करीब ५ सय व्यक्तिलाई पनि पुरस्कृत गर्दै आएकामा अब स्थानीय तहबाटै व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए ।

 

Loading...