सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ । 

सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा उत्रेका छन् । आन्दोलनरत उपत्यका सडक विस्तार संघर्ष समितिको आह्वानमा बुधवार काठमाडौँको माइतीघर मण्डलामा धर्ना कार्यक्रम भएकाे थियाे । साे धर्नामाथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएकाे हाे । 

झडपमा परी सडक विस्तार पीडित सङ्घर्ष आन्दोलनकी अभियन्ता तथा केन्द्रीय सदस्य विद्या श्रेष्ठको हात भाँचिएको छ ।

शान्तिपूर्ण र्यालीका क्रममा बानेश्वर बाट माइतीघर फर्किदै गर्दा अकस्मात प्रहरीले हस्तक्षेप गरेकाे थियाे । साेही क्रममा श्रेष्ठसहित थुप्रै अान्दाेनलकारी घाइते भएका छन् । अधिवक्ता जितेन्द्र बज्राचार्यले सरकारले पीडितमाथि निर्मम दमन गरेकाे बताए ।

सरकाले मुवाब्जा नै नदिएर घर भत्काउनुका साथै जग्गा अधिग्रहण गरेकाे छ । विना मुअाब्जा जग्गा अधिग्रहण गरी सडक विस्तार गर्न लागेपछि पीडितले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । साेही रिटमाथि सुनुवार्इ गर्दै अाज बुधवार सर्वोच्च अदालतको पूर्ण इजलाशको फैसला सुनाउने भनिएकाे थियाे । दिउसो १ बजे सडक विस्तारको विषयमा फैसला सुनाइने भनिए पनि समय सार्दै दिउसो २ बजे सुनाउने भनिएकाे थियाे । २ बजे सारिएकाे फैसला सुनाउने समय ३ बजे असाेज २ गतेका लागि सारिएकाे छ ।

तीन हप्ताको लामो बहस पछि अाज फैसला राखिएकाे थियाे । तर, अाज एकाएक असाेज २ गतेका लागि सारिएपछि पीडितहरु अाक्राेशित भएका छन् । प्रत्यक्ष जनसरोकार रहेको बिषयमा ढिलो गरी न्याय दिनु भनेको न्याय नदिनु सरह रहेको भन्दै पीडितहरुले विराेध जनाएका छन् । अधिवक्ता जितेन्द्र बज्राचार्यले याे कानुनकाे सर्वमान्य सिदान्त विपरित रहेको बताएका छन् । 

उपत्यका सडक बिस्तार पीडित सङ्घर्ष समितिले निकालेको विज्ञप्ती 

डप

यसरी भएकाे थियाे झडप (हेर्नुहाेस झडपकाे भिडियाे)

 

 

 

Loading...