अधिकारका लागि फेरि बन्दुक उठाउनु नेपाली जनताको बाध्यता हुँदैछ : विप्लव

कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए ।

‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन तयार रहेका छौं’ विप्लवले भने । उनले जनयुद्ध र जनआन्दोलनमा जनताले बगाएको रगतको मूल्य जनताले नपाएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले संसदवादी पार्टीका सबै नेताहरु विदेशीको इशारामा चल्ने गरेको बताउँदै भने, ‘नेपालका संसदवादी पार्टीको एउटै पनि नेता छैन, जो काठमाडौंबाटै चल्ने हिम्मत राख्दैनन् ।’

महासचिव विप्लवले देशका ठूलाबडाहरुलाई शान्ति आएपनि दलित, गरिब, सुकुम्बासीहरुको बस्तीमा शान्ति नआएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएको बताउँदै जनताले माफ नदिने विप्लवले बताए ।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले जनयुद्धकाल पछि शान्तिमा आउँदा माओवादीसँग हजारौं मानिस भएको र अहिले माओवादी झिंगाले पनि हेर्न छोडेको बताए । उनले संसदवादी पार्टीका नेताहरु भारतकै भारमा बाचेको बताए । ‘भारतले नेपालका नेतालाई नदिने हो भने यीनिहरु कोही पनि बाच्न सक्दैनन्’ प्रकाण्डले भने ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषदका प्रमुख सन्तोष बुढामगरले जनताको अधिकारको लागि जनसत्ता सुरु भएको बताए ।

Loading...