रिसाेर्टमा कम्युनिस्ट कार्यकर्तालार्इ मार्क्सवाद पढाउन लगिए कांग्रेस नेता प्रदिप गिरी

काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ ।

सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे समय सहरका कुनै पार्टी प्यालेस वा स्कूल कलेजका हलमा हुने गरेका छन् । तर याे परम्परालार्इ ताेड्दै यसपटक भने गजवकाे स्कूलिङ चलाइयाे धुलिखेलकाे एक रिसाेर्टमा ।

कम्युनिस्ट नेता कार्यकर्तालार्इ स्कूलिङ पनि कम्युनिस्ट नेताहरुले नै दिने गरिन्छ । त्याे पनि पुरानाे पाका पुस्ताका खारिएका कम्युनिस्ट नेताहरुले पढाउने गर्दछन । तर, यसपटक ठीक विपरित भयाे । कम्युनिस्ट नेता कार्यकर्तालार्इ पढाउन तयार पारिए कांग्रेसका नेता । जाे मार्क्सवादका खराे अालाेचक नै हुन् । धुलिखेलकाे मिरावेल रिसाेर्टमा देशभरबाट बाेलाइएका ३५० जति कार्यकर्तालार्इ पढाउन अायाेजकले जिम्मा दिए कांग्रेस नेता प्रदिप गिरीलार्इ ।

पाँच दिन चलाइएकाे उक्त स्कूलिङ कार्लमाक्र्सको द्धीशत बार्षिकी मूल समाराेह समितिले अायाेजना गरेकाे थियाे । जसलार्इ प्रायाेजन गरेका थिए जनयुद्धकाे नेतृत्व गरेर अाएका पुष्पकमल दाहाल नेतृत्वकाे नेकपा (माअाेवादी केन्द्र)का ३ प्रतिष्ठान, केपी अाेली नेतृत्वमा रहेकाे नेकपा (एमालेका) २ र राष्ट्रिय जनमाेर्चाका १ प्रतिष्ठानले । याे स्कूलिङकाे मुख्य संयाेजन गरेका थिए एमालेका उपमहासचिव घनश्याम भुषाल र माअाेवादी केन्द्रका नेता राम कार्कीले । 

१३ देखि १७ भदौसम्म चलेको उक्त मार्क्र्सवादी स्कूलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्टिय जनमोर्चा नेपाल र नेकपा संयुक्तका ३५० युवा कार्यकर्ता सहभागी रहेका थिए । 

याे स्कूललार्इ एमाले नेता घनश्याम भुषालले नेपालमा सबै कम्युनिस्टहरुकाे एउटै केन्द्र बनाउने एउटा प्रयास भएकाे बताएका थिए । उनले कार्यक्रमकाे समापनमा भने, ‘माक्र्सवादीको मिलन एउटा सत्ता राजनीतिले छेक्न सक्दैन, कम्यूनिष्टको मिलन र समाजवादको स्थापना अब कसैले रोक्न सक्दैन ।’

एमाले नेता भुषालले यसाे भन्दै गर्दा उता सहभागीहरुसँगै जाेडताेडका साथ ताली बजाइरहेका थिए माअाेवादी केन्द्रका नेता राम कार्कीले । राम कार्कीले ताली बजाएकाे देखेर भुषालले अझै थपे, ‘रामजी र मेरो बीचमा अहिलेको संसदीय राजनीतिलाई हेर्ने हो भने बोलचाल नै नहुनु पर्ने हो, तर हामी संसदीय राजनीति होइन कम्यूनिष्ट एकता खोजिरहेका छौ ।’ 

एक सहभागीका अनुसार याे स्कूलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, मार्क्र्सवादी नारीवाद, अन्तराष्ट्रिय राजनीति र बेल्ट एण्ड रोड इनिसियटिभ, नेपाली वाम आन्दोलन, मार्क्र्स एवं उनको देन जस्ता विषय पढाइएकाे थियाे ।  

स्कूलमा मोहनबिक्रम सिंहदेखि बामदेव गौतम, प्रदिप गिरी, चैतन्य मिश्र, बेदुराम भुषाल, विजय पौडेल, मिनबहादुर श्रेष्ठ, समिर सिंह, गोविन्द थापा, दिपकप्रकाश भट्ट, नरेश सापकोटा, रघु मैनाली, गोपिरमण उपाध्याय, परशुराम मेघी गुरुङ, वर्षमान पुनसम्मले अध्यापन गराएका थिए । घनश्याम भूसालले ऐतिहासिक भौतिकबाद, राम कार्कीले माक्र्सबाद र भूमण्डलीकरण, बर्षमान पुनले कम्यूनिष्ट पार्टीको साँगठानिक पद्धतिका बिषयमा अध्यापन गराएको डा. रमेश पौडेलले बताए ।

स्कूल सुरु गर्नुअघि नेता भुषालले सबै कम्यूनिष्ट पार्टीमा ४ लाखभन्दा बढी सङ्गठित कार्यकर्ता रहेकाे  तर १० प्रतिशतले पनि मार्क्र्सवाद नबुझेकाे बताएका थिए । उनले भनेका थिए, ‘१० हजार युवालाई मार्क्र्सवाद पढाउने हाम्रो लक्ष्य छ । मार्क्र्सवाद बुझेका १० हजार युवाले कसम खाए कम्यूनिष्ट एकता र समाजबाद कसैले रोक्न सक्दैन ।’

 

Loading...