यज्ञशको यात्रा संस्मरण ‘भुइँया’ को विमोचन

काठमाडौँ, १९ भदौ । अखवारी लेखनमा अब्बल मानिएका साहित्यकार यज्ञशको यात्रा संस्मरण बजारमा आएको छ ।

भुइँया नामक पुस्तकका रुपमा आएको यज्ञशको यो कृति काठमाडौमा एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ । उनको कृति भुइँयाको विमोचन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले नेपालमा अझै ४२ हजारभन्दा बढी भूमिहीन रहेको र उनीहरूले सामाजिक न्याय प्राप्त गर्न नसकिरहेको बताएइन ।

उनले ७० हजार साहुलाई ऋण तिर्न नसक्दा पीडितले आफ्नो भूमि गुमाउन परेको तीतो यथार्थ प्रस्तुत गर्दै नेपालमा २८ वटा आयोग बनिसकेको भए पनि भूमिहीनको समस्या समाधान नभएको बताइन ।

आयुक्त अन्सारीले नेपालमा नेपालको मानव अधिकारसहित आर्थिक, सामाजिक क्षेत्रमा प्रगति हन नसकेको र बेरोजगारीको समस्या पनि यथावत रहेको दावी गरिन ।

त्यसैगरी वरिष्ठ साहित्यकार कुमार नगरकोटीले पुस्तकमा नेपालको पश्चिमबाट पूर्वी क्षेत्रसम्मका विभिन्न पात्रको कथा समेटिएको बताए । १९० पेजको उक्त पुस्तकमा १२ पात्रको जीवन तथा व्यथा समेटिएको छ ।

Loading...