तीन दिन बन्धक बनाएर ट्रक चालकले बलात्कारपछि युवतीको हत्या गरेको खुलासा

कालिकोट भदौं १८ । दैलेखमा आठबिस नगरपालिका–८ मा कालिकोट जना युवतीको हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या प्रहरी आशंका गरेको छ ।

सुर्खेतबाट–कालिकोट आउदैँ गरेकी युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए ।

‘उनलाई शारिरिक शोषणपछि हत्या भएको आंशका गरेका छौं ।’ उनले भने,–‘अहिले अनुसन्धान जारी रहेको छ ।’

कालिकोट घर भएकी ती युवतीको शारिरिक शोषणपछि हत्या भएको हुनसक्ने आंशका महिला नाम ठेगाना गोप्य राखिएको डिएसपी पौडेलेले बताए ।

‘अनुसन्धानमा असर पर्ने देखेर युवतीको नाम र ठेगाना गोप्य राखिएको छ ।’ उनले भने,–‘नाम बाहिर लैजादा अनुसन्धानमा असर पर्नसक्छ ।’

प्रहरीका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएका हुनसक्ने आंशका गरेको छ ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार नै युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरेको छ ।

Loading...