४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी काराेबारी विरुद्ध अहिलेसम्मकै ठूलाे मुद्दा दायर

काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा
४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ ।

विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ, धरम गुरुङ, दलबहादुर पुन, लव कुमार नेपाल र मिलिमा थामी राई
विरुद्ध मुद्दा दायर गरेकाे छ । करीव १ वर्ष लामाे अध्ययनपछि उनीहरुविरुद्ध विभागले अदालतमा मुद्दा दायर गरेको जनाएकाे छ ।

डेढ वर्षअघि काठमाडौं प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख रुपैयाँ विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डी सहित उक्त कम्पनीबाट कामदार दलबहादुर पुन र लवकुमार नेपाललाई पक्राउ गरेको थियो ।

जेबाे ट्राभल्सका मालिक मिलन गुरुङ र धरम गुरुङ हुन् । उनीहरूले बेलायत बसेर हुण्डि कारोबार गर्ने गरेको रिपाेर्टका अाधारमा विभागबाट खटिएकाे प्रहरी टाेलीले छापा मारेकाे थियाे । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र गुरुङ र विद्यादेवी गुरुङको नाममा काटिएको ५० लाखको चेक जफत गरेको थियो । त्यससँगै विभागले ट्राभल्सको डाटा इन्ट्री गर्ने कम्प्युटर पनि जफत गरेकाे थियाे । साे क्रममा जफत गरिएकाे चेक, कम्प्युटरसहितका सामाग्रीमाथि विभागले निर्देशक रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत ताेकेर एक वर्षदेखि अध्ययन गरिरहेको थियो ।

जफत गरिएकाे कम्प्युटरबाट इन्ट्री गरिएकाे साढे ४ महिनाको डाटा मात्र अध्ययन गर्दा ४ अर्ब रुपैयाँको हुण्डि रकम देखिएको विभागले जनाएकाे छ । तोकेर अध्ययन अघि बढाएको थियो ।

Loading...