आर्थिक पत्रकारको अध्यक्षमा आचार्य विजयी

काठमाडौं, १७ भदाै । आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।

सेजनको शुक्रबार सम्पन्न १८ औं साधारणसभाबाट आचार्य निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा मोद ढकाललाई १२ मत अन्तरले पराजित गर्दै आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्षका प्रतिष्पर्धी रामराजा श्रेष्ठले ८८ मत पाए ।

महासचिवमा भीम गौतम १०६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा भागवत भट्टराई १२३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्यमा एलिजा उप्रेती, सागर घिमिरे, कृष्ण रिजाल, हिमाल पौडेल, र शिव बोहरा निर्वाचित भएका छन् ।

Loading...