छक्कापञ्जाकाे अर्काे गीत पनि विवादमा । विवाद भए पनि युट्युब ट्रेन्डिङमा नम्वर एक

काठमाडाैं । हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ अहिले विवादमा छ। फिल्म ‘देवरबाबु’को ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग संगीत संयोजन र बिट मिलेको भन्ने आरोप यो गीतलाई लागिरहेको छ। तर विवादका बाबजुद यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्वर एकमा आएको छ।

सोमबार साँझ अपलोड गरिएको गीतलाई हालसम्म ८ लाख ९० हजारभन्दा बढी पल्ट हेरिएको छ। किरण कंडेलको संगीत,अलमोडा राना उप्रेतीको म्युजिक एरेन्ज, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमो प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य गरेका छन्। फिल्म असोज ११ गते फुलपातीका दिनदेखि प्रदर्शनमा आउँदैछ। गत साल प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले सर्वाधिक व्यापार गर्न सफल भएको थियो।

यस्ताे छ हरिवंश अास्था राउतकाे स्वरमा रहेकाे छक्कापञ्जा २ काे अर्काे विवादित गीत

 

Loading...