जब हतकडी बने लगाएका पाउजु र चुराहरु

गजल

सबै बकवास लाग्याे उसलाई प्रेमका कुराहरु
जब हतकडी बने लगाएका पाउजु र चुराहरु

मर्नलाई प्राण नै उड्नु नपर्नेरहेछ बुझ्दैछु
ज्यानमारा भएपछि सम्झनाका छुराहरु

समाजसेवाकाे झ्याली पिटिदैछ बजारमा 
कठै ! भन्दै दयाकाे पात्र बनाइए टुहुराहरु

मुटुकाे छानाे चुहिएर अाँखाबाट खसेछु म
पलाउँदै थिए ,चुँडिए जीवनका अाँकुराहरु

Loading...