जिशिअ र सहायक जिशिअबीच कार्यालयमै फाइट । भ्रष्टाचारको पोल खोलाखोल

सल्यान, १६ भदौ । सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै ।

शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको थियो । यही भदौ २३ गते हुने शिक्षा दिवसको तयारीबारे छलफल गर्न उक्त बैठक बोलाइएको थियो । बैठकमा पत्रकारसँगै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बैठक शुरु गर्नै लाग्दा सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले जिल्ला शिक्षा कार्यालयमा विभिन्न प्रकारका अनियमितता भएको बताए । आफुलाई काममा नखटाएको आरोप लगाउँदै उनले एक दर्जन शिर्षकमा अनियमितता भएको दावी गरे । साथै आफुले तयार पारेको एउटा पत्र उपस्थित पत्रकार लगायत सबैलाई वितरण समेत गरे ।

उक्त पत्रमा जिशिअ र योजना तथा कार्यक्रम शाखाका प्रमुखले गत आर्थिक बर्षमा ११ लाख बराबरको अनियमितता गरेको उल्लेख गरिएकाे थियाे । त्यसपछि जिशिअ पनि के कम । उनले ठाडै प्रतिवाद गरे । जिशिअले पनि सहायक जिशिअमाथि त्यस्तै अाराेप लगाउन थाले । माहाेल एकाएक बिग्रियाे ।  एकाएक जिशिअ र सहायक जिशिअबीच त अश्लील शब्द प्रयोग गरेर मुख छाडाछाड नै हुन थाल्याे । बैठकमा सहभागी भएकाहरु नै लजाउने गरी उनीहरुबीच झगडा हुन थालेपछि छुटाउने प्रयास पनि भयाे । तर, उनीहरु राेकिनेवाला थिएनन । झगडा गरिरहे । 

विवाद बढ्दै जाँदा पार्टीको सिफारिसमा लाखौं रकम खुवाएर जिशिअ भएको भन्दै सुवेदीमाथि सहायक जिशिअ पन्थीले अाराेप लगाए । त्यसपछि जिशिअ पनि के कम उनले पनि अाफ्ना सहायक सुवेदी कामचोर भएकाे, पैसाको पछि लाग्ने गरेकाे, आफुले नपाएपछि कुरा उठाउने गरेको अारोप लगाए ।

बैठकमा सहभागी हुन जम्मा भएका सबै सुवेदी र पन्थीको झगडा हेरेर बस्नु पर्याे । बैठकमा सहभागी भएकाहरु मुखामुख गरिरहे । दुर्इ हाकिमबीच भने एक अर्काका थाहा पाएजतिका पाेल खाेल्न थाले । खर्चको हिसाब माग्दा जिशिअ सुवेदीले अहिले देखाउन नसकिने जवाफ दिए ।

 

Loading...