राष्ट्रिय फुटसल लिगमा आठ खेल सम्पन्न

काठमाडौँ, १५ भदौ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार भएको खेलमा आठ खेल सम्पन्न भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए ।

समूह एअन्तर्गत खेलमा धन्वन्तरि फुटसल खुमलटार युवा क्लबलाई ६–२ गोलअअन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै बिजी फुटसलले जि ब्रदर्सलाई ३–२ तथा स्वयम्भू रिक्रिएसनल सेन्टरले किक अफ फुटसललाई ३–२ ले हराए भने भने हरिसिद्धि फुटसल र खालीबारी फुटबल क्लबले ७–७ गोलको बराबरी खेल्दै अंक बाँडे ।

यस्तै समूह बीअन्तर्गतको खेलमा चौर रिक्रिएसनल सेन्टर फुटसल भिलेजलाई ७–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो । त्यसैगरी सामाखुशी फुटसलले ढुकु फुटसल हबलाई ५–० ले, शंखमूल फुटसलले रेभ फुटसल सेन्टरलाई ५–२ ले तथा स्तूप फुटसल बौद्धले रजनी फुटसललाई ३–२ ले पाखा लगाए ।

प्रतियोगिताअन्तर्गत फुटसल एरेना बौद्धमा समूह ए का तथा चौर रिक्रिएसन सेन्टरमा समूह बीका चार चार खेल भएको थियो । सोह्र टोली सहभागी उक्त प्रतियोगितामा विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।

गोदावरी रनिङ फेस्टिबल

बेस क्याम्प आउटडोर लाइफस्टाइलको आयोजनामा चौथो संस्करणको गोदावरी दौड फेस्टिभल यही भदौ २४ गते हुने भएको छ । फेस्टिबलमा पाँच विधाका दौड समावेश गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

फेस्टिबलमा ५० किमी द नर्थ फेस, ५० किमी अल्ट्रा, ट्रेल रनिङअन्तर्गत सोलोमन ३० किमी, सुन्टो १५ किमी र ५ किमी यती रन हुनेछन् । प्रतियोगितामा विजयी खेलाडीले नगदसहित खेलकुद सामग्री प्राप्त गर्नेछन् । उक्त फेस्टिबलमा यस पटक ६०० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।

पचास किमीको ट्रेल रन गोदावरीबाट शुरु भई विशंखुनारायण, कोटडाँडा, लाकुरीभञ्ज्याङ, खानी खोला, पर्खालचौर, चापखर्क, फूलचोकी, लेलेभञ्ज्याङ, बडीखेल, शान्तभवन हुँदै गोदावरीमै गएर टुंगिनेछ ।

Loading...