पढाइ खर्च जुटाउन हिमालतिर

जाजरकोट, २४ वैशाख ।
पञ्च भयार माध्यमिक विद्यालय, खगेनकोट जिकुवामा कÔा १० मा अध्ययनरत रिता केसी आफ्नो पढाइलाई थाँती राखेर डोल्पातिर लागेकी छन् । कमजोर आर्थिक अवस्थाका कारण एक महिनाको पढाइ छाडेर यार्चागुम्बा खोज्न हिमालतिर जानु उनको बाध्यता हो ।
गत वर्È उनले डोल्पाका विभिन्न हिमालमा यार्चा खोजेर रु ३० हजार कमाएकी थिइन् । जसले उनको वर्Èभरिको पढाइ र घरखर्च चलेको थियो । रिताजस्तै उक्त Ôेत्रका सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढाइ खर्च जुटाउन यतिबेला हिमालतिर लागेका छन् । बहुमूल्य जडीबुटी यार्चागुम्बा खोज्न हरेक वर्È यो याममा विद्यार्थी पढाइ छाड्ने गर्छन् ।
विद्यार्थीहरू हिमालतिर गएपछि अधिकांश विद्यालय बन्द भएका छन् । जिल्लाको उत्तरपूर्वी Ôेत्रमा पर्ने ढिमे, पैंक, रामीडा“डा, नायकबाडा, रोकायगाउ“, सक्ला, खगेनकोट, लह, डा“डागाउ“, रग्दा, भगवतीलगायत गाविसका अधिकांश विद्यालयका विद्यार्थीहरू हिमालतिर गएका छन् ।
जेठको दोस्रो सातादेखि यार्चा टिप्न सुरु गरिन्छ । बर्सेनि वैशाखदेखि असारसम्म डोल्पा, जुम्ला, हुम्ला, मुगु जिल्लाका विभिन्न लेकमा उम्रने यार्चा खाजेर एउटै व्यक्तिले एक लाखभन्दा बढी कमाउन सक्ने नायकबाडाका जनक शाहीले बताए ।
ठूलो सङ्ख्यामा विद्यार्थी विद्यालय आउन छाडेकाले सयभन्दा बढी विद्यालयको पठनपाठन बन्द भएको त्रिभुवन उच्चमाध्यमिक विद्यालय दल्लीका प्राचार्य नारायणबहादुर सिंहले जानकारी दिए । “कÔा ६ मा पढ्नेसमेत लेक गएका छन्”– उनले भने–“विद्यालयहरू औपचारिक रूपमा बन्द भएका छैनन् तर विद्यार्थी आउ“दैनन् ।” यार्चागुम्बा खोज्न शिÔक, अभिभावकसमेत गएका छन् ।
प्रायः सबै घरका सदस्य लेकतिर लागेको सक्ला–१ का मानबहादुर सिंहले बताए । “हिजोआज गाउँमा नाबालक केटाकेटी तथा बूढाबूढीबाहेक अरू कोही छैनन्”–उनले भने ।
अभिभावक लेकतिर लागेपछि प्राथमिक तहमा पढ्ने विद्यार्थी पनि विद्यालय आउन छाडेका छन् । घरमा गरिदिने कोही नहु“दा उनीहरू भाइबहिनीको हेरचाह र गोठाला जानुपरेकाले विद्यालय आउन नपाएका उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी आउन छाडेपछि लेकतिर नगएका शिÔक घरतिर लागेका छन् । कोही सदरमुकाममा भुल्ने गरेका छन् । यता जिल्ला शिक्षा कार्यालयले विद्यालयमा अनुगमन गरी विद्यालयमा नजाने शिक्षकलाई कारबाही गरिने बताएको छ ।

Loading...