अहिलेसम्मकै महङ्गो मोवाइल ल्याउँदै सामसुङ

अाशिष दर्नाल

काठमाडौं । मोवाइल फोन उत्पादक कम्पनी सामसुङले अहिलेसम्मकै महङ्गो फोन बजारमा ल्याउने तयारी गरेको छ । नोट सिरिजमा सामुसङले ज्यालेक्सी नोट ८ बजारमा ल्याउन लागेको हो । यो फोनको बजार मुल्य ९९९ युरो हुने बताइएको छ ।

सामसुङले यसअघि यो फोन सार्वजनिक गर्न तोकेको मिति भन्दा अझै अगाडि बजारमा आइपुग्ने समेत बताइएको छ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले निर्धारण गरेको मिति र अन्य कुराबारे सोही कम्पनीमा काम गर्ने एक कामदारले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएका रिपोर्ट अनुसार यो बताइएको छ कि Galaxy Note 8 मा Galaxy S8+ इन्च को डिस्प्लेको सट्टामा ६.३ इन्चको डिस्प्ले राखिएको छ । साथै यसमा पछाडिपट्टी डुअल क्यामेरा सेटअप राखिएको छ । यसमा राखिने डुअल क्यामेरा सेटअप १२ मेगपिक्सेलके हुने बताइएको छ । साथै यसमा प्रयोग गरिने दुई वटै क्यामेराका लेन्सको लागि छुट्टा छुट्टै अप्टिकल इमेज स्टेबिलाइजेशन पनि हुने बताइएको छ । डुअल क्यामेरा सेटअप होराइजेन्टल ओरिएन्टेशनमा हुन्छ, र यो फ्ल्यास र हार्ट रेट सेन्सरको बायाँतिर दिइनेछ । यस मोबाईलमा फिंगरप्रिन्ट सेंसर पछाडि हुने जानकारी दिइएको छ ।

यसमा ६ जीबी र्याम, स्नैपड्रैगन ८३५ वा Exynos ८८९५  को प्रोसेसर हुनेछ । त्यस्तै ३३०० mAh को ब्याट्री हुनेछ । कम्पनीले यो स्मार्टफोन ब्ल्याक, गोल्ड र ब्लू कलरमा ल्याउने तयारी गरेको छ । यसमा स्प्लीट स्क्रीन मल्टीटास्किङ, फूल सेटिङ ल्याङवेज ट्रान्सलेशन, करेंसी कन्भर्टर र स्टिक नोट्स पनि दिइने बताइएको छ ।

Loading...