आईएसको नियन्त्रणमा रहेको ठूलो क्षेत्र मुक्त गराएको इराकी दावी

एजेन्सी। इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेको इराकी शहर तालअफार तथा वरपरको क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिइएको इराकले बिहीबार जनाएको छ ।

प्रधानमन्त्री हाइदर अल आबादीले तालअफार शहर र वरपरका क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिई यसअघि स्वतन्त्र भएको मोसुलसँग जोड्न सफल भएकोमा सुरक्षाकर्मीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री आवादीले भने, “म सबैसँग यो घोषणा गर्न चाहन्छु कि विद्रोहीको नियन्त्रणमा रहेको तालअफार मोसुलसँग जोडिएको छ र अब उक्त क्षेत्र मातृभूमिमा फिर्ता भएको छ । इरानी सेना, संघीय प्रहरी, आतंकवादविरोधी सेवालगायत सबैको उच्च प्रशंसा गर्दछु ।”

आवादीले भने, “शत्रुको कब्जाबाट तालअफारलाई नियन्त्रणमा लिन सफल भएको छ । उक्त कार्यका लागि सबै सहकर्मीको योगदानप्रति आभार प्रकट गर्दछु ।”

प्रधानमन्त्री आवादीले आईएसलाई सम्पूर्ण इराकबाट पराजित गर्ने बाचा गर्दै जहाँ जहाँ आईएस लडाकू छन् मुक्त गर्न सरकार आउँदै छ । उनीहरू कित मर्नु पर्छ कि आत्मसमर्पण गर्नुपर्छ, आबादीले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

Loading...