अनिल शर्मालार्इ अध्यक्ष बनाउन सातै प्रदेशका इन्चार्जको अपील

काठमाडौं, १४ भदाै । नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व कसले पाउला ? पार्टीका नेताहरुले सर्वसम्मतीमा नेतृत्व चयन गर्न गरेकाे प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि चुनाव भइरहेकाे छ ।

चुनावी मैदानमा अध्यक्ष पदमा दुर्इ जना उम्मेदवारबीच ठूलाे घम्साघम्सी चलिरहेकाे छ । सुरुमा अध्यक्ष पदमा धेरै अाकांक्षी भए पनि अन्तिममा अनिल शर्मा र रन्जित तामाङ
चुनावी मैदानमा अाेर्लिएका छन । अाअाफ्ना पक्षका नेतालार्इ अध्यक्ष बनाउन विद्यार्थीदेखि पार्टीका नेता समेत विभाजित भएका छन् ।

यसैबीच सातओटै प्रदेश विद्यार्थी इन्चार्ज तथा संयोजकहरु अनिल शर्मालार्इ अध्यक्ष बनाउन लागिपरेका छन । उनीहरुले संयुक्त रुपमा अपील नै जारी गरेर शर्मालाई मतदान गर्न महाधिवेशनमा अाएका प्रतिनिधिलाई अाग्रह गरेका छन् ।

प्रदेश नम्बर एकका इन्चार्ज चिरञ्जिवी लामिछाने, दुईका इन्चार्ज रामबाबु बैठा, तीनका इन्चार्ज खुशीराम चौधरी, चारका इन्चार्ज अमरदिप पराजुली, पाँचका संयोजक सुन्दर ओली, छका संयोजक केशव ओली र सातका इन्चार्ज उद्धव भट्टारईले संयुक्त रुपमा अनिल शर्माको प्यानलको पक्षमा मतदान गर्न आ–आफ्नो प्रदेशका प्रतिनिधिलाई अपील गरेका हुन् ।

सात प्रदेशका इन्चार्जहरुकाे यस्ताे छ संयुक्त अपील

Loading...