एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते

धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् ।

प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे देखाउँदै विराेध गर्ने क्रममा राजपाका कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा राजपाका केन्द्रीय प्रवक्ता लालकिशाेर साहसहित ४७ जना कार्यकर्ता रहेका छन् । राजपाले एमालेले मधेशमा गर्ने हरेक कार्यक्रमलार्इ विथाेल्ने प्रयास गर्दै अाएकाे छ । कतिपय ठाउँमा एमालेसभामाथि अाक्रमण समेत गरेकाे छ ।

यसैबीच राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जनकपुरमा अाफ्ना नेता कार्यकर्तामाथि दमन भएकाे भन्दै विराेध जनाएका छन् । जनकपुरमा अाफ्नाे पार्टीकाे शान्तिपूर्ण विराेध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे भन्दै त्यसप्रति उनले अापत्ती जनाएका छन् । विज्ञप्तीमा ठाकुरले पार्टीका केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते नेता ठाकुरले उल्लेख गरेका छन्।

प्रहरीले भने राजपा नेपालका कार्यकर्ताले हुलदंगा मच्चाउँदै एमाले नेताहरुमाथि अाक्रमण प्रयास भएकाे र साे क्रममा भिड नियन्त्रण लिन खाेज्दा झडप भएकाे जानकारी दिएकाे छ । एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कार्यक्रमस्थल शान्तिबाटिका प्रवेश गर्न लाग्दा उक्त झडप भएकाे थियाे । शान्तिबाटिकामा प्रवेश गर्न लागेका नेता नेपाललार्इ कालोझन्डा र कुचो देखाउँदै कार्यक्रमस्थलमा ढुंगा प्रहार गर्न थालिएकाे थियाे । कार्यक्रममा ढुंगा नै प्रहार हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको जनाएकाे छ ।

त्यसपछि प्रहरी र राजपाका कार्यकर्ताबीच झडप भएकाे थियाे । राजपा अध्यक्ष ठाकुरले प्रहरी र एमाले कार्यकर्ताले समेत अाफ्ना कार्यकर्तामाथि अाक्रमण गरी घाइते बनाएकाे बताएका छन् । ठाकुरले एमाले कार्यकर्ताले समेत घरका छतबाट ढुंगा प्रहार गरी आफ्ना कार्यकर्ता घाइते बनाएको आरोप लगाएका छन् । साथै ठाकुरले यसले निर्वाचनको माहोल बिथोलिन सक्ने भन्दै दमन रोक्न सरकारसँग माग समेत गरेका छन् ।

संविधान संशोधनमा साथ नदिने पार्टीलाई मधेसमा भोट माग्न नदिने भन्दै राजपाले एमाले कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो। राजपा धनुषा राजापाका अध्यक्ष मण्डलका अध्यक्ष सञ्जय सिंहले संविधान संशोधन गर्न नदिने शक्तिलाई भोट माग्न आउन अवरोध गर्ने बताए। राजपा वर्तमान काँग्रेस–माओवादी सत्ता गठबन्धनको समर्थक पार्टी हो। सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव यसअघि संसदले अस्वीकृत गरेको थियो। त्यतिबेला एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरेको थियो।

संविधान सभाबाट जनप्रतिनिधिले संविधान निर्माण गर्दा भारत असन्तुष्ट बनेको थियो। संविधानमा ७ बुँदा समावेश गरी संशोधन गर्न दवाब दिँदै दक्षिणी छिमेकीले नेपालमाथि ५ महिना लामो नाकाबन्दी गरेको थियो। संविधानप्रति तराई केन्द्रित दलहरुले पनि असन्तुष्टि जनाएका थिए। संविधान संशोधनका लागि भारतले उठाएका ७ बुँदाभन्दा फरक माग राजपाले राखेको छैन।

Loading...