इन्द्रजात्रा सुभारम्भको प्रतिक इन्द्रध्वजा लिङ्गो (य:सीं) हनुमानढोका भित्रियो

काठमाडौ, १३ भदाै । काठमाडौँ उपत्यकाको सर्वाधिक प्रख्यात जात्रा मध्येको इन्द्रजात्रा सुभारम्भ भएको छ । यसकाे प्रतिकको रुपमा ‘इन्द्रध्वजा’ ठड्याइने काठको लिङ्गो (य:सीं) विधिवत काठमाडौँको हनुमानढोका परिषदमा भित्र्याएको छ । यसघि काभ्रे, भक्तपुर हुँदै काठमाडौँको भोटाहिटी पुर्ह्याइएकाे सो लिङ्गो पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार मंगलबार बिहान ९:३२ मा भोटाहिटीबाट हनुमानढाेका तानिएको थियो ।

मानन्धर समुदायबाट तान्त्रिक विधिद्वारा पुजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिङ्गो ठड्याइएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलार्इ इन्द्रध्वजा (य:सीं) पनि भनिन्छ। भाद्र १८ गते आइतवार पञ्चाङ्ग निर्णायक समितिकाे साइत अनुसार बिहान ८ः१५ बजे इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइने भएको छ ।

आइतबार विधिवत इन्द्रजात्रा सुवात भएसँगै आउदो मंगलबार भाद्र २० चतुर्थीका दिन रथजात्रा सुभारम्भ भइ आठ दिन यो पर्व मनाइने परम्परा रहिआएको छ ।

Loading...