दुर्घटनामा परि ज्यान गुमाएका परिवारले न्यायका निम्ति शनिवार असनमा प्रदर्शन गर्ने

काठमाडौ, १३ भदाै । काठमाडौंको ब्यस्त सडक रत्नपार्ककाे बिद्युत प्राधिकरण अगाडि एउटा मिनिबसकाे ठक्करबाट एक व्यक्तिकाे निधन भएकाे थियाे । भदौ ७ गते साँझ ५ बजे भएकाे उक्त दुर्घटनामा रत्नपार्क–काँडाघारी रुटमा चल्ने फोर्स मिनिबस गाडींले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा असन कमलाछीका गौतम ताम्राकारकाे मृत्यु भएकाे हाे । उनकाे परिवारले उचित न्याय पाउनुपर्ने माग गर्दै स्थानीयबासीले सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छन् ।

‘सामाजिक र सुरक्षित न्यायको निमित्त हाम्रो आवाज’ भन्ने नारा सहित स्थानीयवासीले भाद्र १७ गते शनिवार बिहान ७ः३० बजे काठमाडौँ, असनमा जम्मा भएर न्यायका लागि आवाज उठाउने बताएका छन् । त्यसका लागि चरणबद्ध कार्यक्रम तय गरिएको बताइएकाे छ । जस अनुसार कार्यक्रममा सहभागिताको लागि सबैमा मृतककी श्रीमती अनिता ताम्राकारले अपील गरेकी छन् । उनले न्यायका लागि सबैमा हार्दिकतापूर्ण अनुरोध गरेकी हुन् ।

उक्त अपिलमा आफ्नो श्रीमानलाई हत्या नै गरिएकाे अनिताले बताएकी छन् । अाफ्नै अाँखा अगाडि श्रीमानलार्इ गाडीले ठक्कर दिएर हत्या गरिएकाे उनले बताइन । अाफूले हात उठाएर राेक्दाराेक्दै पनि नमानेर गाडीले ढलेका श्रीमानलार्इ अाएर ठक्कर दिएकाेले याे दुर्घटना नभइ हत्या भएकाे उनले दावी गरेकी छन् । 

Loading...