१४ वर्षीय बालिकाका हत्यारा ६ वर्षपछि दिल्लीको अस्पतालमा यसरी पक्राउ परे

काठमाडौं, १३ असार । चौध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो।

२०६८ माघ ५ मा हराएकी तामाङको शब १५ दिनपछि लिखु खोलामा फेला परेको थियो। अनुसन्धानमा उनको बलत्कारपछि हत्या भएको खुलेको थियो। तामाङकी छिमेकी श्याम राउत प्रारम्भिक शंकामा परेका थिए। अनुसन्धानका क्रममा उनी प्रहरी नियन्त्रणमुक्त भएपछि भागेर भारत पुगेका थिए।

‘भारतीय प्रहरीको सहयोगमा भारतको अन्दामान निकोबार टापुमा रहेका राउतमाथि निगरानी राखेका थियौं,’ राउत पक्राउबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी गणेश केसीले भने ‘उनी भारतको नोयडा आएको खुल्यो। नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा निगरानीमा राख्दा रुपन्देहीको नेपाल भारत सिमामा फेला परे।’

बलात्कार र हत्यामा संलग्न भएको भन्दै श्याम राउतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने खोज्दा प्रहरीले लिन मानेन्। कक्षा ७ मा पढ्दै गरेकी सुन्तलीलाई सैपु १ खुदुर्री बस्दै आएका १९ वर्षीय राउतले बलत्कार र हत्या गरेका थिए। ६ वर्षसम्म पनि छोरीको बलत्कार र हत्यामा संलग्न पक्राउ नपरेकोमा उनकी आमा डिल्लीमाया तामाङ न्याय माग्दै काठमाडौं आइन्। बलत्कार र हत्याको घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरीले उल्टो जाहेरी समेत नलिइ पीडकको पक्ष लिएको थियो।

डिआइजी केसीले राउत नेपाल भारत बोर्डरमा पक्राउ परेको दावी गरे पनि स्रोतले उनलाई नोयडामै नियन्त्रणमा लिएर भारतीय प्रहरीको सहयोगमा नेपालको बोर्डरसम्म ल्याएको पुष्टि गर्‍यो। १४ वर्षिय किशोरीको बलत्कार हत्या जस्तो क्रुर घटनामा संलग्न फरार अभियुक्त पक्राउ नपर्दा ‘पहुँचबिहीनले न्याय नपाउने’ भन्दै दवाब बढेको थियो। मृतककी आमा डिल्लीमायाको सक्रियताका कारण अनुसन्धानका लागि प्रहरीलाई अनुसन्धानका लागि दवाब थियो।

मध्यक्षेत्र प्रहरीले घटनाको अनुसन्धान जिम्मा रामेछापका डिएसपी कुमोद ढुंगेललाई दिएपछि ढुंगेलले महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई रमेश बजगाईलाई काजमा झिकाएर अनुसन्धानमा संलग्न गराएका थिए।

स्रोतका अनुसार राउत निकुबारमा रहेको एक होटलमा काम गर्थे। उनी बिरामी भएपछि उपचारका लागि नोयडामा आएको बेला राउतको खोजीका लागि भारत गएको महाशाखाका सई रमेश बजगाइँले उनको पहिचान गरेका थिए। उनै बजगाइँले राउतलाई नेपालसम्म ल्याएका हुन्। नेपाल बोर्डरमा रहेका ढुंगेलले राउतलाई काठमाडौं ल्याएका थिए।

राउतलाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी हुन मृतककी आमा डिल्लीमाया रामेछापबाट काठमाडौं आएकी थिइन्। उनले कार्यक्रममा पहिला प्रहरीले नै केस विगारेकाले राउत पक्राउ पर्छन् भन्ने विश्वासै हराएकोमा ६ वर्षपछि भए पनि पक्राउ पर्दा खुसी लागेको बताइन्।

‘पहिलेको डिएसपीले उल्टै मलाई थर्काए र राउतलाई भगाउन सहयोग गरे,’ डिल्लीमायाले भनिन् ‘रामेछापमा नयाँ डिएसपी आएपछि उहाँले म पक्राउ गरेरै छाड्छु भन्नु भए पनि विश्वास लागेको थिएन। तर उहाँ (कुमोद) वचनको पक्का हुनुहुँदो रहेछ। मेरो आशिक लागोस्।’

सुन्तली हत्याकान्ड के हो?
रामेछापकी सुन्तली तामाङ २०६८ माघ ५ मा घरबाट हराइन्। उनी घर नजिकै रहेको सिरिसे बजारमा सामान किनेर घर फर्कदै गर्दा हराएकी थिइन्। त्यसको १६ दिनपछि उनको शव खोला फालेको अवस्थामा भेटियो। मेडिकल जाँचबाट उनको बलत्कारपछि हत्या भएको पुष्टि भयो।

सुन्तली हराएको रात स्थानीयले जंगलमा कुनै युवती चिच्च्याएको आवाज सुनेका थिए। तर त्यो आवाज छोरीको हो भन्ने चाल पाएनन्। हराएको १६ दिनपछि लिखु नदी किनारमा उनको शव फेला परेको थियो। शव फेला पर्दा कम्मर मुनी कपडा थिएन।

बलात्कार र हत्यामा संलग्न भएको भन्दै श्याम राउतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने खोज्दा प्रहरीले लिन मानेन्। कक्षा ७ मा पढ्दै गरेकी सुन्तलीलाई सैपु १ खुदुर्री बस्दै आएका १९ वर्षीय राउतले बलत्कार र हत्या गरेका थिए। ६ वर्षसम्म पनि छोरीको बलत्कार र हत्यामा संलग्न पक्राउ नपरेकोमा उनकी आमा डिल्लीमाया तामाङ न्याय माग्दै काठमाडौं आइन्। बलत्कार र हत्याको घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरीले उल्टो जाहेरी समेत नलिइ पीडकको पक्ष लिएको थियो।

सुन्तलीको परिवारले घटनापछि राउतविरुद्ध जाहेरी दिन खोज्दा रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासले जाहेरी दर्ता र अनुसन्धानको साटो मिलमपत्र गर्न दबाब दिएका थिए। घटना ढाकछोप गर्न दास आफैँ सक्रिय भएको सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं तानेको थियो। उनी काठमाडौं तानिएपछि २०६८ फागुन ३ मा आरोपी राउतविरुद्ध जाहेरी दर्ता भएको थियो। प्रहरीको आलोचना बढेपछि केन्द्रले नै घटनाको अनुसन्धान जिम्मा लिएको थियो।

Loading...