उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन ।

उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको हाे।

जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको बीबीसीले जनाएको छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व’, गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन्। उनले नागरिको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए।
एकजना उच्च जापानी अधिकारीले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप जापानले ‘उपयुक्त कदम’ चाल्ने बताएका छन्।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो र पछिल्लो परीक्षणले तनाव बढाएको देखिन्छ।

प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो।

उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

Loading...