जापानमा आयोजित नेपाल फेष्टिवलमा सुदुरपश्चिमको ‘देउडा’

टोकियोको उएनो पार्कमा दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ । नेपालको पहिचान जापानी माझ गराई नेपालमा पर्यटन प्रवर्धन गराउने उद्धेश्यले आयोजना गरिएको फेष्टिवलमा  जापानीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

एनआरएनए जापानको आयोजना ,नेपाली दुतावास र जापान स्थित सामाजिक संघ संस्थाहरुको सहयोगमा सम्पन्न फेस्टिवलमा नेपालको कला , संस्कृति , खाना र पर्यटकिय स्थलहरुको जानकारी गराउने स्टलहरु राखिएका थिए ।

                     सुदुरपश्चिमको ‘देउडा’

उक्त कार्यक्रममा सुदुरपश्चिमको संस्कृति झल्किने देउडा खेल को पनि प्रस्तुति रहेको थियो । देउडा कलाकारहरुले देउडा गीत मार्फत नेपालको राजनीतिक बिकृती माथि ब्यंग्य गर्दै युवाहरु बिदेशिनु परेको रहरले नभई बाध्यताले भएको तितो यथार्थ गीत मार्फत ब्यक्त गरेका थिए ।

सुदुरपश्चिम देउडा भाका ‘जौपात लौ मैले के भने भन बाज ‘ बोल्को भाका मार्फत सन्देश मुलुक देउडा गीतको प्रस्तुति देखाउदै पैदल मिलाउदै कलाकारहरुले देउडा खेलेका थिए ।

सुदुरपश्चिमका देउडा तथा लोक गायक दिलेन्द्र जोशी , लोक तथा दोहोरी गायिका सोना केसी लगायतका देउडा कलाकारहरुले देउडा खेलेका थिए ।

उक्त देउडा खेलमा नेपाली दुतावास जापानका तृतिय सचिब रेवन्त केसीले पनि बिशेष सहभागिता जनाउदै देउडा खेलेका थिए ।

जापानमा हजारौ नेपाली र जापानी माझ देखाइएको देउडा सुदुरपश्चिमको पहिचानका लागि प्रभावकारी रहेको पनि केसीले बताए।

देउडा खेलको संयोजक रहेका लालबहादुर रावलले जापानमा पहिलो पटक सुदुरपश्चिमको देउडा देखाउन पाउदा खुशी लागेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सुदुरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले देउडा खेलमा सहभागी सबैमा धन्यवाद ब्यक्त गरे। कार्यक्रममा समाजका उपाध्यक्ष एकेन्द्र थापा लगायतले सहभागिता जनाएका थिए ।

 

 

 

 

 

 

Loading...