किम जोङ उन किन यस्तो गर्छन ? उत्तर कोरियाको अनौठो रहस्य

एजेन्सी । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ ।

बताइँदै छ कि उत्तर कोरियाले पछिल्लो समयमा ‘गल्ती’ले आफ्ना दुई यस्तो क्षेप्यास्त्रको जानकारी सार्वजनिक गरेको छ, जसको अहिलेसम्म परीक्षण पनि गरिएको छैन । देशका सर्वोच्च नेता किम जोङ उन एउटा कारखानाको निरीक्षणका लागि जाँदा त्यसको प्रेस कभरेजका क्रममा यस्तो जानकारी बाहिर आएको हो ।

सरकारी एजेन्सी केसिएनएका तर्फबाट जारी गरिएका तस्बिरहरूमा भित्तामा टाँगिएका चार्टमा दुई क्षेप्यास्त्र, जसको नाम ह्वासोङ— १३ र पुकगुक्सोङ— ३ उल्लेख गरिएको छ, बारे जानकारी सार्वजनिक भएको हो ।

जानाजान या गल्ती ?

ह्वासोङ— १३ लाई एक ठोस रकेट इन्धनवाला अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० बताइएको छ । जब कि चार्टमा पुकगुक्सोङ — ३ पनडुब्बीबाट प्रहार गरिने एक ब्यालेस्टिक मिसाइल उल्लेख गरिएको छ । यिनलाई पुकगुक्सोङ — १ र २ को लामो दूरीको संस्करण मानिँदै छ । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ । कैयौँ जानकारहरू यसलाई आफ्नो सैन्य शक्ति देखाउने र आफ्ना शत्रुहरूलाई सन्देश दिने एउटा तरिकाका रूपमा पनि विश्लेषण गरिरहेका छन् ।

दक्षिण कोरियाका जुङआङ इल्बो पत्रिकासित कुराकानी गर्दै दक्षिण कोरियाका सुरक्षा फोरम केसिन जोङ वु भन्छन्— उत्तर कोरियाको इतिहास नै यस्तै छ, सरकारी मिडियाका माध्यमबाट आफ्ना वास्तविक हतियार या तिनको ग्राफिक डिजाइन देखाउने र बाहिरी संसारलाई बहसको मौका दिने ।

एउटा ‘परिष्कृत धोका’

केसिएनएका अनुसार, बताइँदै छ कि किम जोङ उनले यसै भ्रमणको क्रममा वैज्ञानिकहरूसित ठोस रकेट इन्धन र वारहेड टिप मिसाइलको उत्पादन बढाउनका लागि निर्देशन दिएका छन् । यो विषय भित्तामा लगाइएको चार्टमार्फत बाहिर आएका जानकारीसित मेल खान्छ ।

यस प्रकारको कथित गल्तीबाट जानकारी बाहिर आउने घटना पहिले पनि भइसकेका छन् । दुई साताअघि अमेरिकी द्वीप गुआमको वायुसेना अड्डाको दिशामा ब्यालेस्टिक मिसाइल टेस्ट गर्ने योजना बनाउँदै गरेका किम जोङ उनको तस्बिर सार्वजनिक भएको थियो । यी तस्बिरमा पनि भित्तामा लगाइएको चार्ट हेर्दै गरेको देखिएको थियो र वायु सेनाको अड्डाको एक हवाई तस्बिर पनि थियो । यसको अर्थ यस्तो निकालिँदै छ कि उत्तर कोरिया यो सन्देश दिन चाहन्छ कि उसले अमेरिकी द्वीपमाथि आफ्नो दृष्टि जमाइराखेको छ ।

जब कि सियोलको पत्रिका चोसुन इल्बोले लेखेको थियो कि यो एक ‘परिष्कृत धोका’ हुन सक्छ । पत्रिकाको भनाइ थियो कि गुआम अड्डाको सो तस्बिर ६ वर्ष पुरानो हो र त्यो ‘गुगल अर्थ’मा सबैका लागि उपलब्ध छ । उत्तर कोरियासित स्याटेलाइटबाट तस्बिरहरू हासिल गर्ने आफ्नै कुनै सुविधा छैन ।

ट्विटर प्रयोगकर्ताले खिल्ली उडाए

मार्च २०१३ मा किम जोङ उन एक तस्बिरमा नोटप्याड बोकेका जनरलहरूका साथमा देखिएका थिए । यो तस्बिर यस्तो समयमा सार्वजनिक भएको थियो, जब महिना दिनअघि मात्र उत्तर कोरियाले आणविक परीक्षण गरेको थियो र कोरियाली क्षेत्र युद्धको परिस्थितिमा खडा थियो । क्यामेराको हिसाबले सुविधाजनक कोणमा राखिएको एक चार्टमा लेखिएको थियो— अमेरिकी मुख्य क्षेत्रमाथि हमला गर्ने योजना । यसमा टेक्सासको अस्टनलाई पनि एक मिसाइलबाट निसाना बनाइने उल्लेख गरिएको थियो । यद्यपि यसको टेक्ससका ट्विटर प्रयोगकर्ताले खिल्ली उडाए । र, वासिङ्टन पोस्टले यसमाथि समाचार पनि प्रकाशित गरेको थियो ।

उत्तर कोरियाले जे देखाउँदैन

गल्तीले जा जानाजान उत्तर कोरिया यदाकदा आफ्नो सैन्य शक्तिको झलक देखाइरहन्छ । तर, धेरै कुरा उसले लुकाउने पनि गरेको छ । यस वर्षको वायुसेना उडान प्रतियोगितामा उत्तर कोरियाको एमआइजी— २९ लडाकु विमानले अवसर पाएन । यस प्रतियोगितामा किम जोङ उनको उपस्थितिका कारण अन्तर्राष्ट्रिय समुदायको विशेष नजर रहने गर्छ ।

यसको यही अर्थ हुन सक्छ कि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध केही स्तरमा उत्तर कोरियामाथि भारी परिरहेको छ । र, उसको साथमा आफ्ना सबैभन्दा विकसित लडाकु विमानका लागि इन्धन छैन ।

Loading...