के तपाईमा डिप्रेसनको समस्या छ ? एकचोटी यहाँ क्लिक गर्न नभुल्नुहोस्

एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ ।

गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन कोसिस गर्ने जानकारी दिएको छ ।

गुगलमा गएर डिप्रेशन सर्च गर्नेलाई प्रयोगकर्तालाई अटोमेटिक रुपमा एउटा लिंक देखिने छ । त्यो लिंकमा पत्ता लगाउनुहोस् तपाईलाई डिप्रेशन छ कि छैन भन्ने प्रश्न आउने छ । त्यो लिंकमा क्लिक गरेर सोधिएका प्रश्नको जवाफ दिएपछि गुगलले त्यसबारे आफ्नो अनुमान देखाउने बताइएको छ ।

यो सेवाका लागि गुगलले अमेरिकाको नेसनल एलाइन्स अन मेन्टल ईलनेस (नामी) सँग साझेदारी गरेको छ । प्रोजेक्टको सुरुवातमा अमेरिकामा रही गुगल प्रयोग गर्ने प्रयोगकर्ताले यो सेवा पाउने छन् । यसलाई पेसेन्ट हेल्थ क्वेश्चनार भनिएको छ । यसमा ९ वटा प्रश्न हुनेछन् । जसलाई संक्षेपमा पीएचक्यू नाम दिइएको छ ।

गुगलसँग साझेदारी गरिरहेको संस्था नामीका अनुसार यो संयन्त्रले केही हदसम्म मात्र मदत गर्नेछ । तर, डिप्रेशन भएको कुरा पुष्टि गर्न भने पीएचक्यू मात्रको प्रयोग पर्याप्त नहुने बताइएको छ ।

तपाईलाई के अक्सर कुनै काम गर्न कम रुची हुन्छ वा पत्रिका पढ्न वा टिभि हेर्दा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ? भन्ने जस्ता प्रश्न त्यसमा सोधिने बताइएको छ ।

अध्ययनबाट पत्ता लागेको छ कि यो क्लिनिकल डिप्रेशनको पत्ता लगाउने छोटो र विश्वसनीय तरिका हो । नामीले एक ब्लगमा यो प्रविधिको जानकारी गराएको हो । उक्त ब्लगमा नामीले भनेको छ यसलाई डाक्टरको विकल्पको रुपमा हेरिनु हुँदैन । यो मानिसलाई सहयोग गर्ने एक माध्यम मात्र हो ।

तपाईमा डिप्रेशन छ कि छैन पत्ता लगाउनुहोस भन्ने लिंकमा क्लिक गरेर तपाईले आफ्नो डिप्रेसनको जाँच गर्न सकिने बताइएको छ । पीएचक्यूमा आएको नतिजापछि तपाईमा यदि डिप्रेसनको शङ्का लाग्यो भने तपाई आफ्नो नजिकको स्वास्थ््य केन्द्र वा डाक्टरसँग गएर सल्ला लिन सक्नुहुनेछ ।

गुगलले ल्याउन लागेको यो सेवाको केही विज्ञहरुले भने आलोचना गरेका छन् । साइकोथेरापिस्ट डाक्टर एरान बैलिकले यो बेकारको कुरा भएको बताएका छन् । गुगलले देखाउने नतिजा पहिले नै आइसक्ने भएका कारण त्यसलाई चेक गरेर कुनै पनि व्यक्तिले आफूमा डिप्रेसन भए नभएको पत्ता लगाउन नसक्ने उनको भनाई छ । द साइकोडायनामिक्स आफ सोशल नेटवर्किंगका लेखक डाक्टर एरॉनले गुगलले कुनै बिरामीलाई छोटो जाँचको आधारमा सही जानकारी दिन नसक्ने बताएका छन ।

 

Loading...