५० खेलमा ५० जित हात पार्ने बक्सर फ्योयड

फ्योयड मेवदरले कोनोर म्याग्रेगोरलाई बहुप्रतिक्षित बक्सिडमा हराउँदेै आफ्नो रेकर्ड ५०–० बनाएका छन् । अमेरिकाको लस भेगासमा शनिबार भएको फाइटमा मेवदरले म्याग्रेगोरलाई १० चरणमा नकआउट गर्दै सो किर्तिमान बनाएका हुन् ।

आफ्नो व्यवसायिक बक्सिड करियरमा कुनै खेल नगुमाउने रिक्की मार्सियानोको कीर्तिमान उछिनेका छन् । खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो । यही प्रतिस्पर्धामार्फत २९ वर्षे कोनोर म्याग्रेगोरको व्यवसायिक बक्सिड करियर सुरु भएको छ ।

खेलपश्चात् मेवदरले म्याग्रेगोर आफुले सोचेभन्दा राम्रो खेलेको प्रतिकृया दिए । फाइट जिते बापत मेवदरले कम्तिमा पनि १०० मिलियन डलर जिते भने हारेका म्याग्रेगोरले ३० मिलियन डलर प्राप्त गर्नेछन् ।

फ्योयड मेवदरले अघिल्लो फाइट फिलिपिन्सका मानी पाकिन्योसँग गरेका थिए । जसलाई फाइट अफ सेन्चुरी उपनाम दिइएको थियो ।

Loading...