दुई श्रीमतीलाई २ लाखमा भारतको कोठीमा बेच्‍ने श्रीमान पक्राउ

काठमाडौं, ११ भदौ । कहिले कही सुन्ने र पढ्नेले विश्वास नलाग्ने घटना घट्छन् र समाचार बन्छन् । त्यस्तै विश्वास नलाग्ने समाचार छ ।

नुवाकोटका एक जनाले आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेका छन् । खरानीटार ५ का निरकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र १७ वर्षकी किशोरीलाई भारतको दिल्लीमा २ लाख १६ हजार रुपैयाँमा बेचेको आरोप उनीमाथि छ ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी किशोरीलाई विवाह गर्ने भन्‍दै ललाइफकाइ भारतको नयाँदिल्ली पुर्‍याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले निरकुमारलाई पक्राउ गरेको थियो ।

निरकुमारले आफ्नी जेठी श्रीमती गोमालाई पनि दिल्लीमै पुर्याएर बेचेको बयान दिएको प्रहरीले जनाएको छ ।

निरकुमारले ती किशोरीलाई बिहे गरेर काठमाडौँमा राख्ने लोभ देखाएर स्थानीय सीता नेपालीको सहयोगमा ललाइफकाइ दिल्ली र्पुयाएर एकलाख ३५ हजार भारतीय रुपैयाँमा बेचेको दोलखाका प्रहरीले बताएको छ ।

निरकुमारलाई गएको शुक्रबार प्रहरीले काठमाडौंको महाराजगन्जबाट प्रक्राउ गरी दोलखा लगेको हो । बेचिएकी किशोरीका आफन्तले २०७३ जेठ २० गते प्रहरीमा उजुरी गरेपछि निरकुमारलाई सघाउने सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो भने निरकुमार फरार थिए ।

Loading...