दार्जिलिङमा नेपालीभाषीमाथि भएकाे दमनका विरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ ।

संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि गरिने कुनै पनि दमनका विरुद्ध आवाज उठाउने घोषणा गर्दै आएको पार्टी नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतका नेताहरुको अगुवाइमा थालिएको विरोध प्रदर्शनपछि भारत सरकारलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।

रत्नपार्कको शान्तिबाटिकाबाट विरोध ¥याली निकालेर नेकपाले जमन दरवारमार्ग हुँदै लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगी कोण सभा पनि गरेको थियो । उक्त कोणसभामा पार्टीका नेता धर्मेन्द्र बास्तोला र अर्को कम्युनिस्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले सम्वोधन गरेका थिए ।

सोमबार दिउँसो १ बजे रत्नपार्कबाट सुरू भएकाे प्रदर्शनपछि नेकपाले लैनचौंरस्थित भारतीय दूतावासमा ज्ञापन पत्र पनि बुझाएको छ ।

ज्ञापनपत्र बुझाएपछि विरोध सभालाई सम्बोधन गर्दै  पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो ईन्चार्ज समेत रहेका नेता वास्तोलाले दार्जिलिङका भारतीय नागरिकलाई नेपाली भाषा बोल्न जानेकै कारण मौलिक अधिकार माग गर्दा पश्चिम बंगाल सरकारले हत्या र सैन्य दमन गर्नु घोर अमानवीय हर्कत भएको बताए । ‘दार्जिलिङवासी नेपाली भाषी भएपनि उनीहरु भारतीय नागरिक हुन् । नेपाली भाषामा बोल्न, लेख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो’ नेता वास्तोलाले भने ‘उनीहरुको माग त्यहाँका सरकारले तुरुन्त पूरा गर्नुपर्छ । यो कुरा भारतीय दूतावासमार्फत भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्छौं ।’

दार्जिलिङवासीमाथिको दमन भारतीय साम्राज्यवादी शासकको साम्प्रदायिक दंगा फैलाउने र साम्रावादी दलाल सत्ता खडा गर्ने योजनामा भएको उनको भनाई छ । दार्जिलिङवासीले उठाएको भाषिक अधिकारको संघर्ष न्यायोचित भएको र त्यसमा नेपालीहरुले आन्दोलनको पक्षमा उभिँदा गलत नहुने बताए । मौलिक अधिकारीमाथि शासक वर्गले दमन गरेर नागरिक हत्या गर्दा समेत नेपला सरकारले मौन बस्नु साम्राज्यवादी भारतीय शासक वर्गको दलाली र गुलामी गर्नुबाहेक अन्य केही नभएको नेता वास्तोलाले प्रष्ट पारे ।

दार्जिलिङवासीमाथि गरिएको दमनले नेपालका जातीय विविधता र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने खतरा बढेको बताउँदै हरेक समूदायलाई आफ्नो भाषा र सँस्कृतिमा जीवन बिताउनु पाउने अधिकार भएको बताए । दार्जिलिङवासीले उठाएको न्यायोचित आन्दोलनप्रति भारतीय केन्द्रीय सरकार मुकदर्शक बनेर दमनकारीको मनोबल बढेको औल्याउँदै विश्वका सबै न्यायप्रेमी समूदायले दार्जिलिङवासीको आन्दोलनको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

सम्बोधन गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले पश्चिम बंगाल सरकारले दार्जिलिङका नागरिकले उठाएको भाषिक मागलाई बन्दुकले कुल्चने कोशिस गरेर अपराध गरेको बताए । दार्जिलिङवासीको हत्या र उनीहरुमाथि निरन्तर गरिरहेको सैन्य दमनको घोर भत्सर्ना गरे । आन्दोलनकारीको माग तत्काल पूरा गर्न पनि सुवेदीले पश्चिम बंगाल सरकारसँग आग्रह गर्दै सामान्य मूल्यमा आन्दोलनलाई नसाट्न पनि आन्दोलनकारीसँग अपिल गरे ।

विरोध जुलुसमा सयौंको सख्यामा नेपालीहरुले सहभागिता जनाएका छन् । सहभागीहरुले दार्जिलिङका नेपाली भाषीमाथिको बर्बर दमन र हत्याको विरोधमा चर्का नाराहरु लगाउँदै आन्दोलनकारीको माग तत्काल सम्बोधन गर्न भारतीय सरकारसँग आग्रह गरे । कार्यत्रममा सयाै‌ संख्मयामा जदुर, विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, कलाकार, साँस्कतिककर्मी, पत्रकार, बुद्धिजीवीलगायतकाे सहभागिता रहेको थियो ।

Loading...