वीपी प्रतिष्ठानको डीनमा डाक्टर झा

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डीन पदमा प्रा.डा. चन्द्रभुषण झा नियुक्त भएका छन् ।

एनाटोमी विभागका प्रमुख समेत रहेका झालाई प्रतिष्ठानको नियमावली, २०५५ बमोजिम ३ वर्षका लागि शैक्षिक डीन पदमा नियुक्त गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले जनाएको छ ।

प्रतिष्ठानको गहनतम् जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई इमान्दारीताका साथ वहन गर्ने डा. झाले प्रतिवद्धता जनाएका छन् ।

प्रतिष्ठानमा अध्ययन अध्यापन हुने विभिन्न शैक्षिक कार्यक्रमहरुको सञ्चालनमा शैक्षिक डीनको महत्वपूर्ण भूमिका रहने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

Loading...