डिआईडी चेन अब नेपालमा

काठमाडौंँ, ७ भदौ । डाइडो इन्डियाले उत्पादन गरेको डिआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ ।

सत्यदिप इन्टरनेसनलले डिआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका प्रबन्ध निर्देशक कात्सुसी कियोसिगे, सहायक प्रबन्ध निर्देशक अंकुश जैन, सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र बजार निर्देशक सञ्जिव हमालले संयुक्त रूपमा चेन किट सार्वजनिक गरे ।

जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । अब भारतमा निर्मित चेन किट नेपालमा समेत उपलब्ध हुनेछ । विश्वका दुई पांग्रे सवारी साधनमध्ये ६० प्रतिशतभन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ ।

डिआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहालगायत कम्पनीका रेसिङ बाइकमा समेत प्रयोग गरिएको सो कम्पनीले जनाएको छ ।

Loading...