बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

पोखरा, ७ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ ।

गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् ।

बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरू आफन्तको घरमा बस्दैआएका छन् । खान र लाउनका लागि सहयोग जुटिरहेको भए पनि पहिला बसिराखेको ठाउँमा पुन घर बनाएर बस्ने अवस्था नभएकोले अब कहाँ घर बनाउने भन्ने समस्या परेको वडाध्यक्ष जुमबहादुर गुरुङले बताए ।

पीडित परिवारको अन्यत्र कतै जग्गा नभएको र त्यस ठाउँको सुरक्षित स्थानमा सार्वजनिक जग्गा पनि नभएकाले उनीहरूलाई घर बनाएर राख्ने ठाउँ पनि नभएको उनले बताए ।

अहिले सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ । सुरक्षित स्थानको टुंगो लागेपछि उक्त रकम घर निर्माणमा खर्च गरिने वडाध्यक्ष गुरुङले भने ।

सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै एक करोडको क्षति पु¥याएको थियो । स्थानीय देवीलाल लामिछानेले आपूmहरूको अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले सुरक्षित जग्गाको खोजी गरी बाँसको व्यवस्था गरिदिन हुन आग्रह गरे ।

राजविराजका बाढी पीडितलाई १० लाखको राहत वितरण

त्यसैगरी पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई १० लाख मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ ।

विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिए । विद्यालयका शिक्षक अगाञ्जासहित जीतबहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्यामचन्द्र अगाञ्जा, सुमन अधिकारी र विक्रम थापा राहत सामग्री लिएर त्यस ठाउँमा पुगेका थिए ।

विद्यालयले २१५ जना बाढी पीडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । शिक्षक अगाञ्जाकाअनुसार विद्यालयले नगदसहित प्रतिपरिवार चामल २५ केजी, दाल पाँच केजी, खाने तेल दुई लिटर, एक कसौडी, दुई थान थाल, एक थान बाल्टिन÷पानी खाने मग, त्रिपाल वितरण गरेको छ ।

मृतक डोमी यादवको परिवारलाई नगद पाँच हजार किरिया खर्चका लागि सहयोग गरिएको बताइएको छ ।

Loading...