प्रधानमन्त्री देउवा पुगे मोदी महल, विमलेन्द्रले पाए बक्सिस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएका छन् ।

पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरुलाई पछि पार्दै निधि कार्यबाहक सभापति भएका हुन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् । देउवाकाे भारत भ्रमणका सुत्रधार बिमलेन्द्र बनेपछि उनलाई कावा सभापति बक्सिसमा मिलेको काँग्रेस स्रोतले बतायो । काँग्रेसमा बिमलेन्द्रको प्रभाव हेर्न चाहने भारतलाई खुशि पार्न पनि बिमलेन्द्रलाई कावा सभापति बक्सिस दिइएको बताईएको छ ।

भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोकेको नेपाली काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली गएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किदैछन्  ।

बुधबार साँझ नै भारतीय प्रधानमन्त्री मोदी र देउवावीच भेट भएको छ । मोदी र देउवाबीच मोदी निवासमा करिब २०-२५ मिनेट ‘ वार्म अप मिटिङ ‘ भएको हो ।

भेटपछि मोदीले ट्वीटरमार्फत् भनेका छन्, ‘निकटको साथी नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई भेट्दा निकै खुसी लागेको छ । भोलि थप व्यापक वार्तालाप हुनेछ ।’

Loading...