नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय

काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् ।

 

बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले गरिखान नसक्ने निस्कर्षमा पुगेकाे हो । नँया शक्ति बनाउने कुरा भ्रम मात्र रहेको निस्कर्ष निकाल्दै उनीहरु पुरानै घर फर्कने तयारी सकिएको छ ।

 

मंगलवार नै एक कार्यक्रम गरि उनीहरुलाई भित्राउने तयारी गरिएको माआेबादी केन्द्रका नेता डीपी ढकालले जानकारी गराए । दिउसो ३ बजे उनीहरुको पार्टी प्रवेश कार्यक्रम कोटेश्वरस्थित गाैरीशंकर प्यालेसमा तय भएको उनले बताए ।

Loading...