सरकारद्वारा निर्वाचन मिति सार्वजनिक

काठमाडाैं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

 

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ताले बताए ।

 

निर्वाचन आयोगले तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गर्दै  मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको भएपनि सरकारले भने प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्णय गरेको हो ।

 

 

Loading...