सुदुरपश्चिमेली समाज जापानद्वारा बाढीपीडित राहतका लागि आर्थिक सहयोग

सुदुरपश्चिमेली समाज जापानले कैलाली जिल्लाका बाढीपीडितहरुको राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले संकलन गरेको ५८ हजार ६ सय जापानी येन नेपाल रेड्क्रस टिकापुर मार्फत प्रदान गरिएको हो । समाजले संकलन गरेको उक्त रकम अाइतबार समाजका पूर्व अध्यक्ष आशिष रावल र समाजका उपाध्यक्ष एकेन्द्र थापाले सिटी मनी एक्सप्रेस मार्फत टिकापुर स्थित नेपाल रेड्क्रस टिकापुरको बैंक खातामा जम्मा गरेका हुन ।

रकम सुदुरपश्चिमेली समाज र समाजको क्षेत्रिय शाखा सेन्दाईको सहयोगमा संकलन गरिएको हो ।

सहयोगी सबैमा अन्तरराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका अध्यक्ष तथा सुप समाज जापानका पूर्व अध्यक्ष भरत नेगीले समाजको फेसबुक पेज मार्फत धन्यवाद ब्यक्त गरेका छन ।

सुदुरपश्चिमेली समाज जापानले बिपद्को समयमा सधैं सहयोग गर्दै अाइरहेको छ ।

Loading...