वाईसीएलमा ‘दीपशिखा’ को नेतृत्व

 नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् ।

 

भदौ २ देखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने, रतन सिं, महासचिवमा सुवोध श्रीपाली, सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, पूर्ण भूजेल, गणेश शाही, मदनबहादुर मल्ल, विश्वबहादुर महत, रञ्जित अधिकारी यादव, दिवश पाण्डे शिवराम कुसुहवा, सुमित ढुङगाना, जीवन पन्त, प्रकाश पाण्डे, केरसिं कुँवर, नवराज ढुङगाना र कोषाध्यक्षमा मिङमा तण्डु शेर्पा चयन भएका छन् ।

 

 दीपशिखाको नेतृत्वमा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।

Loading...