ननस्टपकर्मी संजीप घिमिरे पुरस्कृत

काठमाडाैं, २ भदाैं ।  ननस्टपखबर डट कमका सम्पादक संजीप घिमिरे पत्रकारिताको माध्यमबाट देशको शैक्षिक बिकाशमा योगदान गरेवापत पुरस्कृत भएका छन् । शिक्षाको क्षेत्रमा संजीप शुभचिन्तककाे नामबाट कलम चलाउदै आएका घिमिरे ‘शिक्षा पत्रकारिता लेखनवृत्ति-२०७३’ बाट पुरस्कृत भएका हुन् ।

नेपाल सरकार, शिक्षा मन्त्रालय , शिक्षा बिभाग र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले घिमिरेलाई ‘शिक्षा पत्रकारिता लेखनवृत्ति-२०७३’ कोलागि काठमाडाैं उपत्यकाबाट छनोट गरेको हो । शुक्रवार पत्रकार महासंघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सरकारका उपप्रधान मन्त्री समेत रहेका शिक्षा मन्त्री गोपालमान श्रेष्ठ , शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले ले घिमिरेलाइ पुरस्कार प्रदान गरे ।

रु २० हजारको चेकसहित उनलाई दिइएको प्रमाण पत्रमा देशको शैक्षिक विकाशमा थप योगदानको अपेक्षा गरिएको छ । सोहि शिर्षकमा काठमाडाैंबाट इमेज च्यानलकी पत्रकार प्रज्ञा तिम्सिनाले पनि पुरस्कार प्राप्त गरिन् ।

 

‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक–खोटाङ)  २ बाट भोला पासवान (कन्चनरुपमा सा–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि सा.–महोत्तरी),  ३ बाट तिलक अधिकारी (थाहदर्शन सा.–मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ–दोलखा), प्रदेश नम्बर ४ बाट पवन पौडेल (दमौली एफएम–तनुहँ), प्रतिक्षा काफ्ले –कान्तिपुर दैनिक–स्याङ्जा),  प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस–पाल्पा), खगप्रसाद चापागाई (बुटवल टुडे–कपिलवस्तु), प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक–जाजरकोट), मेघराज खड्का (रेडियो नेपाल–रुकुम) र प्रवीर ददेल (रुकुम)  प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो–कैलाली) लाई प्रदान गरियो  ।

 

७५ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिएको छ । कान्तिपुर दैनिकका माधव अर्याल (पाल्पा) र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई संयुक्तरुपमा प्रदान गरिएको हो ।

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदेश नम्बर १ बाट सरिता राई (रासस–भोजपुर) र भीम चापागाई (नागरिक दैनिक–इलाम), प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी–पर्सा) र महेशकुमार दास (नागरिक दैनिक–महोत्तरी), प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी (तुखवर डटकम–मकवानपुर) र विमल खतिवडा (कान्तिपुर दैनिक–चितवन) र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा (कान्तिपुर दैनिक–पर्वत) र अमरराज नहर्की (गोरखापत्र–तनहुँ) लाई संयुक्तरूपमा प्रदान गरियो । प्रदेश नम्बर ५ बाट चुरामणि पोखरेल (अन्नपूर्ण पोष्ट–रुपन्देही) र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी (कान्तिपुर दैनिक–सुर्खेत) र ललितबहादुर बुढा (अन्नपूर्ण पोष्ट दैनिक–सुर्खेत), प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह (गोरखापत्र–डोटी) र तेजराज भट्ट (नयाँपत्रिका–कैलाली) र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–भक्तपुर), शरदकुमार शर्मा (रासस–काठमाडौं) र विनोद घिमिरे (द काठमाडौं पोष्ट–काठमाडौं) ले प्राप्त गरे ।

त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम (इलाम), प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम (काभ्रे), प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गर्ने निर्णय भएको छ । बैठकले प्रदेश ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश ६ बाट रेडियो ध्रुवतार (दैलेख), प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा)र रेडियो महाकाली (कन्चनपुर) र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौं) लाई प्रदान गरियो ।

यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाईन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखवर डटकमलाई प्रदान गरिएको छ ।

 

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

Loading...