घुस मागियो ? निशुल्क कल १०७ मा फोन गर्नुहोला ।

                                                                                                                                                                                                                            

काठमाडौं, भदौ २ ।                    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न शुक्रबारबाट १०७ नम्बरको निःशुल्क (टोलफ्री) टेलिफोन सुविधा उपलब्ध गराउने भएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आज देखि टोल फ्री नम्बर १०७ को होडिङबोर्ड र स्टीकर विभिन्न सेवाग्राही कार्यालयहरुमा राख्ने भएको छ ।

आयोगका सचिव राजन खनालले हिजो बोर्डको अनावरण गर्नुभयो । उहाँका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा बोर्ड रहनेछन् ।

भ्रष्टाचारको उजुरी दिँदा पीडित पक्षलाई सजिलो होस् भन्ने उद्देश्यले बोर्ड र स्टिकरको व्यवस्था गरिएको हो । टेलिफोनमा आएको उजुरीलाई रेकर्ड गरी लिपिबद्ध गर्ने र सुरक्षित राख्ने व्यवस्था गरिएको छ । १०७ नम्बरको यो फोनमा ७ वटा फोनका सेट चालू रहनेछ । विशेषगरेर रङ्गेहात पक्राउ गर्नुपर्ने भ्रष्टाचारजन्य कार्यमा यो निकै उपयोगी हुने आयोगको अपेक्षा रहेको खबर आजको गोरखापत्रमा छापिएको खबर छ ।

Loading...